काठमाडौं, १४ फागुन । नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुबीच बालकोटमा छलफल चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता अघि दोस्रो तहका नेताहरु अहिले छलफलमा जुट्नुभएको हो ।
कांग्रेसका तर्फबाट उपसभापति पूर्णवहादुर खड्का, महामन्त्री गगन थापा र ञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता बालकोट वार्तामा सहभागी हुनुहुन्छ भने एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल पनि वार्तामा सहभागी हुनुहुन्छ ।
माओवादी केन्द्रले एमसीसी पारित गर्न सघाउने र गठबन्धन जोगाउने मध्यमार्गी विकल्पमा लागे पनि प्रधानमन्त्री देउवा विश्वस्त हुन नसकेपछि एमालेसँग साँठगाँठ बढाएको हो ।













प्रतिक्रिया दिनुहोस्