जनता टाइम्स

१५ फाल्गुन २०७८, आईतवार ०७:३८

महिलाका लागि आयोजित पाँच दिने वाककला तालिम सम्पन्न


झापा, फागुन १५ । मेची महाकाली संयुक्त बुहारी आवाज दमक नगर कमिटीले आयोजना गरेको पाँच दिने वाककला तालिमको समापन भएको छ । फागुन १० गते देखि सुरु भएको तालिमको शनिबार समापन गरिएको हो ।

तालिममा महिलाहरुलाई भिडमा कसरी बोल्ने, मन्चमा भाषण गर्दा वा कार्यक्रम संचालन गर्दा केके कुरामा ध्यान दिने लगायतका बारेमा सिकाईएको थियो । प्रशिक्षक मन्जरी घिमिरेले यसबारेमा पाच दिनसम्म सैद्धान्तिक र प्रयोगात्मक शैलीमा प्रशिक्षण गराउनु भएको थियो । तालिममा मेची महाकाली संयुक्त बुहारी आवाजमा आवद्ध ३० जना महिलाहरुको सहभागीता रहेको थियो ।

महिलाहरुलाई बोल्ने शैलिको बिकास गराउन यसप्रकारको तालिमको आयोजना गरिएको संयोजक जमुना निरौला अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि दमक नगरपालिकाकि उप प्रमुख गीता अधिकारी रहनु भएको थियो भने कार्यक्रम नगर कमिटीकि सचिव रिना राई चेम्जोङले संचालन गर्नु भएको थियो ।