काठमाडौं, फागुन १५। सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसीबारे व्याख्यात्मक प्रस्ताव पारित गर्दै संसदबाट निर्णय गरेको छ ।बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक प्रस्ताव पारित गर्दै एमसीसी आजकै संसदबाट पारित गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता बैठकमा सहभागी थिए ।आजै बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।













प्रतिक्रिया दिनुहोस्