जनता टाइम्स

१५ फाल्गुन २०७८, आईतवार १५:२५

एमसीसीको छलफल अघि बढाउदा प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी


काठमाडौं, १५ फागुन । प्रतिनिधिसभा बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक दुई घन्टा ढिला गरी ३ बजे सुरु भएको हो । बैठक सुरु भएलगत्तै एमालेसहितका सांसदको नाराबाजी सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफलको कार्यसूची छ ।