जनता टाइम्स

२० फाल्गुन २०७८, शुक्रबार १७:३२

पाकिस्तानको एक मस्जिदमा बम विस्फोट, २० जनाको मृत्यु, ५० घाइते


काठमाडौं, फागुन २०। पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा शुक्रवार बम विस्फोट भएको छ । विस्फोटमा परेर २० जनाको मृत्यु भएको छ भने ५० भन्दाबढी व्यक्ति घाइते भएका छन् ।बीबीसी हिन्दीका अनुसार खिस्सा ख्वानीमा रहेको इमामबारगाह कूचा–ए–रसलदारमा नमाजको लागि तयारी गरिरहेको बेला विस्फोट भएको हो ।घटनामा घाइते भएकाहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ भने विस्फोटबारे अनुसन्धान थालिएको बताइएको छ।
पाकिस्तानका गृहमन्त्री शेख राशिद अह्मदले ट्वीटमार्फत घटनाको निन्दा गरेका छन् ।