काठमाडौं, २० फागुन । अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको छ । थापाको तर्फबाट उहाँको दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराउनुभएको हो ।
उजुरीमा पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उल्लेख छ । आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न उहाँले माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्