जनता टाइम्स

२१ फाल्गुन २०७८, शनिबार १९:१३

मन्त्री आलेको प्रगति, आन्तरिक हवाई उडानमा महंगियो भाडा


काठमाडौं, २१ फागुन । आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले लागु हुने गरि आन्तरिक हवाई इन्धनको मुल्य बढाएपछि आन्तरिक हवाई उडान कम्पनीहरुले भाडा बढाएका हुन् । पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले भने यस विषयमा केही प्रतिक्रिया दिनुभएको छैन । केही रकममात्रै इन्धनमा मूल्य बढेपनि हवाई कम्पनीले भने भाडामा पर व्यक्ति धेरै नै नाफा लिन खोजेको देखिन्छ ।

आजैदेखि लागू हुने गरि निगमले इन्धनशुल्क बढाएकाले आन्तरिक हवाई उडानको मुल्य पनि बढाएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । उहाँकाअनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ । यस्तै, काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ ।

यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–सुर्खेतको तीन सय ४५ र काठमाण्डौ–नेपालगञ्जको तीन सय ३० रुपैयाँ भाडा बढेको छ । नेपाल आयल निगमले एक सय १२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ । यद्दपी एअरलाइन्स कम्पनीहरुले निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउन माग गर्दै आएका छन् ।

कुन रुटको भाडा कति ?