जनता टाइम्स

२२ फाल्गुन २०७८, आईतवार १३:१९

एमाले प्रवेश गरे गगन थापाका चुनावी कमाण्डर बनेका बिवेकशील साझाका काठमाडौं अध्यक्ष बैद्य


काठमाडौं, फागुन २२ । विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर बैद्य एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले अध्यक्ष ओलीसहितका नेताहरुले पार्टी प्रवेश गराउनु भयो ।

काठमाडौं क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयर उम्मेदवार रन्जु दर्शनाको चुनावी कमाण्डर हुनुहुन्थ्यो । त्यसपछिको उहाँ प्रतिनिधिसभा चुनावमा भने गगन थापाको चुनावी अभियानमा सहभागी हुनुभएको थियो ।