काठमाडौं, २२ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा भंग गर्ने तयारी भइरहेको खुलासा गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा भाग लिने क्रममा आइतबार नयाँबानेश्वरस्थित संसद भवनबाहिर सञ्चारकर्मीसँग नेपालले प्रतिनिधिसभा भंग गर्ने र तीनै तहको निर्वाचन एकैसाथ गर्नेबारे सत्ता गठबन्धन आवद्ध दलमा छलफल चलिरहेको बताउनुभयो ।
‘एमालेले संसद् पनि चल्न नदिने, संसदमा गञ्जागोल कायम राख्ने, पंगु बनाउने र हामीलाई पनि दुःख दिने काम गरिरहेको छ’, , ‘यस्तो अवस्थामा संसद् विघटन गरेर अर्ली इलेक्सनमा जानु नै उत्तम हुन्छ ।’ उहाँले भन्नुभयो । एमाले आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लगातार रुपमा संसद् अवरुद्ध गर्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्