काठमाडौं, फागनु २३ । तिव्र गतिमा रहेको गण्डकीका मन्त्री ठूलो दुर्घटनाबाट जोगिनुभएको छ । उर्जामन्त्री हरिशरण आचार्य चढेको गाडी सोमबार बिहान पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ सुगम पेट्रोल पम्प अगाडि दुर्घटनामा परेको हो । मन्त्री र चालक तथा सवार व्यक्तिहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
बिहान घाँसीकुवा तर्फबाट दमौलीतिर आउँदै गर्दा मोटरसाइकलले अचानक बाटो काटेपछि जोगाउने क्रममा झण्डावाल गाडी सडक छेउको बिजुलीको पोलमा ठोक्किन पुगेको प्राप्त सिसिटिभी फुटेजमा देखिन्छ । मन्त्री सवार गाडी तीब्र गतिमा गुडेको देखिन्छ । ग १ झ ६०० नम्बरको मन्त्रीको गाडीको अगाडिको भागमा क्षति पुगेको छ । प्रहरीले कुन मन्त्रीको गाडी भन्नेबारे केही बताएको छैन । यद्यपी उर्जामन्त्री आचार्य नवलपुरबाट पोखरातर्फ आउँदै रहेको बुझिएको छ ।
खानेपानी आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा आइतबार सहभागी भएर मन्त्री आचार्य सोमबार बिहान पोखरा फर्किँदै गरेको प्रहरीले जनाएको छ । मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ पनि सँगै रहेकाले श्रेष्ठ चढ्ने गाडीमा मन्त्री पोखरा फर्कँदै गरेको पोखरा प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्