जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार १६:४५

मानवअधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशन सुरु, अध्यक्ष ओलीद्धारा उद्घाटन


पोखरा, २३ फागुन । पोखरामा सुरु भएको राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ । एमाले अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको एलाइन्सका अध्यक्ष मिनबहादुर शाहीले जानकारी दिनुभयो ।

सामाजिक र आर्थिक रुपान्तरणका लागि मानवअधिकारको सुनिश्चिता, सुसंस्कृत सम्मुनत समृद्धि नेपाल निर्माण हाम्रो प्रतिवद्धता भन्ने नारासहित पोखराको जिरो किलोमिटरस्थित न्यू एरा पार्टी प्यालेसमा सुरु भएको छ । महाधिवेशनमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सबै वर्ग र समुदायसम्म नागरिक स्वतन्त्रता जस्ता विषयहरुमा मानवअधिकार रक्षकहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।

महाधिवेशनमा देशका ७६ जिल्लाबाट २ सय ५० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । २०५६ साल असार २९ गते स्थापना भएको मञ्चले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरको छ । संंस्थामा १ हजार ३ सय भन्दा बढी सदस्यहरु आवद्ध छन् ।