जनता टाइम्स

२५ फाल्गुन २०७८, बुधबार १८:३७

कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु


काठमाडौं, २५ फागुन । गोदावरी नदीमा डुबेर एक बालिकाको ज्यान गएको छ । गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा नुहाउने क्रममा डुबेर गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु हो ।

साथीहरूसँग नुहाउन गएका बेला बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । बालिकाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।