जनता टाइम्स

२६ फाल्गुन २०७८, बिहीबार १७:०९

संखुवासभा बस दुर्घटनाप्रति एमालेद्वारा दुःख व्यक्त


काठमाडौं, २६ फागुन । संखुवासभा मादी–६ मा आज बिहान १४ जनाको ज्यान जाने गरी भएको घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । १४ जनाको मृत्यु र पाँच जना घाइते हुने गरी भएको सो घटनाप्रति दुःख व्यक्त गर्दै एमालेले आफ्नो पार्टी स्तब्ध र मर्माहत भएको जनाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज अपरान्ह विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । सो घटनामा परि ज्यान गुमाएप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एमालेले घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेको छ ।