सप्तरी, २६ फागुन । नेपाली काँग्रेस सप्तरीको सभापतिमा डा. शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजय हुनुभएको छ । संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरि उहाँ विजयी हुनुभएको हो । यादवले १ हजार ७० मत प्राप्त गर्नुभएको छ ।
मंगलबार सम्पन्न मतदानको मत गणना आज बिहानदेखि शुरू भएको थियो कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन् । जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए । सभापति सहित ८५ पदका लागि मतदान भएको छ।उपसभापति सहित अन्य पदको मतदान अब शुरूहुने मतदान अधिकृत डा. रुद्र शर्माले जनाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्