जनता टाइम्स

२६ फाल्गुन २०७८, बिहीबार २१:१७

जबर्जस्ती करणीका आरोपित ८ वर्षपछि कारागार चलान


सप्तरी, २६ फागुन । जबरजस्ती करणीको आरोपमा फरार रहेका आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका कमलपुर ९ बस्ने ५३ वर्षीय जगदीश यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएका टोलीले यादवलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

तत्कालीन पुनरावेदन अदालत राजविराजले उनीविरुद्ध २०७१ साल वैशाख २९ गते ६ वर्ष कैद सजायको फैसला गरेको थियो । ८ वर्षदेखि फरार रहेका यादवलाई खोजतलासको क्रममा पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागी कारागार चलान गरेको हो ।