काठमाडौं, ३० फागुन। मकवानपुरको हेटौंडा –३ को बसामाडीको बसाहामहादेव टोल विकास संस्थाको पुर्नगठनमा भएको निर्वाचनमा नेकपा एमालेको उम्मेद्वार विजयी हुनुभएको छ ।
१ सय ८ घरधुरी संख्या सदस्य रहेकोे टोल विकासको भएको निर्वाचनमा ५ दलीय ९नेपाली कांग्रेस–नेकपा माओवादी (एकीकृत समाजवादी) गठबन्धनको उम्मेद्वार लक्ष्मण बर्तौलालाई पराजित गर्दै एमालेको उम्मेद्वार कल्पना तामाङ विजयी हुनुभएको हो । अध्यक्ष पदको लागि मात्र भएको निर्वाचनमा तामाङले ५८ मत पाउँदा बर्तौैलाले ४६ मत प्राप्त गर्नुभयो ।
एमालेको तर्फबाट उम्मेद्वार बनेकी तामाङ १२ मत अन्तरले विजयी हुनुभएको हो । निर्वाचनमा ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । संस्थामा अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको थियो ।













प्रतिक्रिया दिनुहोस्