काठमाडौं, चैत्र १ । नेकपा एमालेले ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै ७ चैतमा पोलिट्ब्यूरो समितिको बैठक हुने र १३ गते स्थायी कमिटीको बैठक बस्ने उहाँले जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।













प्रतिक्रिया दिनुहोस्