जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार १७:५८

कांग्रेस र माओवादी परित्याग गरी एउटै वडाका ५० जना एमालेमा प्रवेश


काठमाडौं, चैत्र ४ । नुवाकोटको ककनी गाउँपालिकाको एउटै वडाका ५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले ककनी गाउँपालिका वडा नं ७ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा हिजो (बिहीबार) नेता–कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका हरिराम लामासहित ३० जना र माओवादी केन्द्रका विष्णु थपलिया र नेत्र भट्टसहित २० जना रहेका छन् ।