काठमाडौं, ४ चैत्र । नेपाल खेलकुद महासंघ (नेकोस) ले कार्यविभाजन सहितको सर्कुलर जारी गरेको छ । महासंघको दोश्रो महाधिवेशन आयोजक कमिटीको संयोजकमा तत्कालीन वरिष्ठ उपाध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) चयन भएपछि फागुन २९ गते काठमाडौंमा आयोजक कमिटीको विस्तारीत बैठक सम्पन्न गरी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको हो ।
प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ को पहिलो सदस्य सचिवको भूमिका समेत निर्वाह गरिरहनुभएको महासंघका संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागत विकासले मात्र खेलक्षेत्रलाई अन्र्तराष्ट्रियकरण गर्ने र खेलाडी तथा खेलकर्मीका अधिकारको रक्षा गर्न सक्ने हुँदा विकासको गतिलाई नयाँ दिशा दिनका लागि नेपाल खेलकुद महासंघलाई गाउँ–गाउँसम्म पुर्याउने र खेलकुद गतिविधिलाई घर–घरमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महासंघको बैठकले नेपालको समग्र खेल क्षेत्रको विकास र समृद्धीका लागि “एक पालिका एक रंगशाला, एक वडा एक खेल पूर्वाधार” निर्माण लाई आगामी स्थानीय निर्वाचनमा आफ्नो चुनावी घोषणापत्रमा समावेश गर्नका लागि नेकपा एमालेलाई अनुरोध गर्ने विशेष प्रस्ताव समेत पास गरेको छ ।

महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकले महासंघको बैठक सञ्चालन कार्यविधि २०७८ पारित गरी लागु समेत गरेको छ । बैठकले ३३ सदस्यीय स्थायी कमिटी तथा ७७ सदस्यीय सचिवालय सदस्य अनुमोदन गर्नुका साथै प्रदेशका इन्चार्ज तथा सहइन्चार्ज, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज, महानगरका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।
त्यस्तै, महासंघले फागुन २८ गते संयुक्त राष्ट्रिय भेलामार्फत गठन भएका मातहतका २७ वटा राष्ट्रिय खेलका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ । महासंघको बैठकले केन्द्रमा प्रतिनिधित्व नभएका जिल्लालाई मध्यनजर गर्दै विभिन्न खेलक्षेत्रका ३० जनालाई महाधिवेशन आयोजक कमिटी सदस्यमा मनोनीत गरेको छ । साथै महासंघको विधानमा व्यवस्था भए बमोजिम २१ वटा केन्द्रीय विभागको समेत प्रमुख, उपप्रमुख र सचिव चयन गरेको छ ।
नेपाल खेलकुद महासंघले ८ मध्ये पहिलो चरणमा ६ प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ । बाँकी दुई प्रदेश लुम्बिनी र गण्डकीमा क्रमशः १० चैत र १९ चैैतमा अधिवेशन गर्ने निर्णय भएको छ । त्यस्तै, सबै जिल्लाका अधिवेशनहरु एक महिने अभियान अन्र्तगत ५ चैतबाट सुरु गरेर ५ वैशाखसम्म सम्पन्न गर्ने निर्णय गर्दै मातहत कमिटीलाई निर्देशन समेत गरेको छ ।

नेपाल खेलकुद महासंघले बैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचनलार्ई लक्षित गर्दै धरमबहादुर लामालाई १ हजार १ सदस्यीय स्थानीय निर्वाचन परिचालन अभियानको संयोजन गर्ने जिम्मेवारी दिएको छ । सबै प्रदेशका पदाधिकारी, राष्ट्रिय खेलसंघका पदाधिकारी, जिल्लाका कमिटीका पदाधिकारी, महानगर तथा उपमहानगरका अध्यक्ष एवं नगर तथा गाउँपालिकाका अध्यक्षहरु र खेलप्रेमीहरु स्वयंसेवा गर्नका लागि अभियानमा सक्रिय रहनेछन् ।
आगामी वैशाखमा काठमाडौमा एक कार्यक्रम गरी उक्त अभियानको थालनी गरिनेछ । त्यस्तै नेपाल खेलकुद महासंघको प्रदेश १ को इन्चार्जको जिम्मेवारी सन्तोष वान्तवाले पाउनुभएको छ भने दिलचक्र राई, कृष्ण प्रसाद सिग्देल, थलु राजभण्डारी र सन्तोषी श्रेष्ठलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यसैगरी मधेस प्रदेशको ईन्चार्जमा मानदेव हजरा तथा सह इन्चार्जमा राजेश साह, शिवजी गुप्ता, प्रभुनारायण सिवाकोटी र अरविन्द चयन हुनुभएको छ ।

बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी धरमबहादुर लामाले पाउनुभएको छ भने सहइन्चार्जको जिम्मेवारी दिपक न्यौपाने, मुनाल घिसिङ, तीर्थ बहादुर खड्का र उज्ज्वल सुवेदीले पाउनुभएको छ । महासंघको गण्डकी प्रदेश ईन्चार्जको जिम्मेवारी ऋषिराम गौतमले पाउनुभयो भने प्रदीप थापामगर सहइन्चार्ज बन्नुभएको छ । लुम्बिनी प्रदेशमा भीम ओली इन्चार्ज हुनुभयो भने सहइन्चार्जको जिम्मेवारी प्रनीर अधिकारी र हिमाल श्रेष्ठलाई दिईएको छ ।
त्यस्तै, चेतनराज गिरीले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाउनुभएको छ भने मोहन शाही र एनबी बस्नेत सहइन्चार्ज हुनुभएको छ । महासंघले सुदूरपश्चिम प्रदेशमा विष्णु चन्दलाई इन्चार्ज तोकेको छ भने हिक्मत थापा र दिपेन्द्र गिरिलाई सहइन्चार्ज बनाएको छ । त्यसैगरी महासंघले सुदर्शन गुरुङलाई उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्ज बनाएको छ भने शैलेन्द्र श्रेष्ठ, केशव ओली र अशोक ढुंगेललाई सहइन्चार्ज तोकेको छ ।
यता नेपाल खेलकुद महासंघले विधान व्यवस्था भए अनुरुप विभिन्न केन्द्रीय विभागमा समेत जिम्मेवारी तोकेको छ ।


स्थायी कमिटी सदस्यहरुमा,
महासंघले विधानमा व्यवस्था भए बमोजिम ३३ सदस्यीय स्थायी कमिटीको गठन गरेको छ ।
१. कृष्ण बस्नेत (पर्शुराम), २. ओमकृष्ण प्रसाईं, ३. उपेन्द्र कुमार पौडेल, ४ं. उमेश केसी, ५. यकेन्द्र बहादुर कुँवर, ६. कपिल न्यौपाने, ७. गणेशलाल कक्षपती, ८. चेतनराज गिरी, ९. डाकबहादुर रानापाल, १०. थलु राजभण्डारी, ११. दिपेन्द्र प्रसाद दाहाल, १२. धर्मकुमार श्रेष्ठ, १३. धरम बहादुर लामा, १४. नन्दा बस्याल, १५. निरेशलाल सिंह, १६. प्रनिर अधिकारी, १७. प्रभातविक्रम कटुवाल, १८. बासु नेपाल, १९. भीम ओली, २०. मानदेव हजरा, २१. मोहम्मद समीउल्लाह २२. रामकृष्ण खड्का २३. रुपेश अधिकारी, २४. रेनुका श्रेष्ठ, २५. विष्णु चन्द, २६. विदुर शर्मा, २७. विप्लव घोष, २८. शान्ता माया परियार, २९. सन्जु महर्जन, ३०. सन्तोष वान्तवा, ३१. सन्तोषी श्रेष्ठ, ३२. सुदर्शन गुरुङ र ३३. सुभाष श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्