काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट पार्टीका नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको बताउनुभयो ।
एमसीसीको सन्दर्भमा सत्ता टाँसी रहन कम्युनिष्ट पार्टीका नेताहरुले दोहोरो चरित्र देखाएको भन्दै उहाँले उक्त कुरा बताउनुभएको हो । चुनावी अभियान अन्तर्गत आज बिहान काठमाडौं क्षेत्र नं. १ को बुद्धनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कम्युनिष्ट पार्टीहरु भ्रमको खेती गर्न खप्पीस रहेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो – चुनाव नजिक आइसकेकाले भ्रमको खेती गर्नेहरुका बारेमा मतदाताका घर–घरमा पुगेर वास्तविकता बताउनुपर्छ । जनताको बिचमा सही विचार र सूचना पुर्याउन अल्छी नगर्नुस् । जुनसुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने भन्दै उहाँले राजनीति मुलुक र जनताको हितलाई ध्यानमा राखेर गर्ने कुरामा आफू प्रष्ट रहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्