जनता टाइम्स

६ चैत्र २०७८, आईतवार १४:४३

एआईजी बढुवा सिफारिसविरुद्ध डीआईजीहरु लोकसेवा आयोगमा


काठमाडौं, ६ चैत, । नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेकामा असन्तुष्ट सिनियर डीआईजी उजुरी लिएर लोकसेवा आयोगमा पुगेका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो ।

तर हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।