जनता टाइम्स

७ चैत्र २०७८, सोमबार २०:४५

मुलुकमा जनादेशले हैन परमादेशले सरकार चलाइरहेको छ : स्थायी कमिटि सदस्य ढकाल


मोरगं, चैत्र ७ । नेकपा एमाले स्थायी कमिटि सदस्य भानुभक्त ढकालले अहिले देशमा परमादेशी र जनादेशी शक्ति रहेको वताउनुभएको छ । मोरगको सुन्दरहरैचा नगरपालिकाको प्रमुख प्रशासकीय भवन शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले जनादेशले हैन परमादेशले सरकार चलाइरहेको वताउनुभयो ।

प्रधानमन्त्री शेर वहादुर देउवा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा उहाँले भन्नुभयो स्थानीय चुनाव हुदैन कि भन्ने आशंका वढिरहेको वेला प्रधानमन्त्री स्वयंको शिलान्यास लगायतका कार्यकममा भएको दौडधुप देख्दा चुनाव हुने जस्तोलागेको छ । जनादेश परमादेशवाट हटेकाले चाडै चुनाववाट जनादेश प्राप्त हुने उहाँको भनाई छ ।

स्थायी कमिटि सदस्य ढकालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालय गोठगाँउमा ल्याइएको जनाउदै त्यसलाई मेडिकल कलेजका रुपमा संचालन गर्नुपर्नेमा आफनो जोड रहेको वताउनुभयो ।