काठमाडौं, चैत ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई मासिक जीवन निर्बाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यन्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।
आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा माओवादी युद्धका घाइते तथा अपांग योद्दाहरुको सन्दर्भमा बुँदागत रुपमा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव समेत रहेका माओवादी नेता रमेश मल्लले जानकारी दिनुभएको छ । मल्लका अनुसार प्रचण्डले प्रधानमन्त्री देउवासमक्ष विभिन्न पाँच बुँदामा ध्यानाकर्षण गराउनु भएको छ ।
जसमा सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिको अपांगता प्रतिशत निर्धारण कार्यविधि संशोधन हुनुपर्ने, छुटेका घाइते तथा अपांगता भएका व्यक्तिहरुलाई सूचीकृत गर्ने, उनीरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्ने लगायतका विषय छन् । चुनाव नजिकिँदै गएपछि प्रचण्डले चलाखी गदै जनयुद्धका शहिद र घाइतेलाई संझनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्