जनता टाइम्स

९ चैत्र २०७८, बुधबार ००:०८

अध्यक्ष ओलीको कुरा सुनेर कहिल्यै थाक्दिनँ : करिश्मा मानन्धर


काठमाडौँ, चैत्र ८ । अभिनेत्री करिश्मा मानन्धरले अध्यक्ष केपी शर्मा ओलीको प्रेरणाले नेकपा एमाले प्रवेश गरेको बताउनुभएको छ । मंगलबार आयोजित एक कार्यक्रममा नेकपा एमाले प्रवेश गर्दै मानन्धरले एमाले साँचो अर्थमा मुलुकको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी भएकाले आफ्नो रोजाइमा परेको बताउनुभयो ।

मानन्धरले देशभर एमालेप्रति सद्भाव राख्ने व्यक्ति बढी भएकाले पनि एमाले प्रवेश गरेको बताउनुभयो। एमाले प्रवेश गर्नुको कारण खुलाउँदै उहाँले भन्नुभयो, ुएमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै । उहाँको इनर्जी र प्रेरणा नै हो । ६ महिनाको अन्तरालमा मैले उहाँलाई २ पटक भेटेँ । उहाँको इनर्जी देखेर मलाई ताज्जुबै लाग्छ । अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन, नेता भनेको जनताको पथप्रदर्शक हो । उहाँको गुणगान नगाउने मान्छे नै छैन ।त्यस्तै एमाले प्रतिपक्षमा रहेर पनि सशक्त भूमिका निर्वाह गरिरहेको मानन्धरले बताउनुभयो । कलाकारिता क्षेत्रबाट पनि मुलुकका लागि आफूले थुप्रै योगदान गरेको उल्लेख गर्दै उहाँले मुलुकको परिवर्तनका लागि काम गर्नै एमाले रोजेको बताउनुभयो । त्यस्तै कुनै पदका लागि आफू एमालेमा नआएको पनि उहाँको भनाइ छ ।

पार्टी प्रवेश गर्दा मैले कुनै सौदाबाजी होइन । मसँग कुनै पनि आग्रह पनि छैन, कुनै ठोस पनि माग छैन । मलाई कुनै पद चाहिएको छैन । नितान्त एउटा कार्यकर्ताका रूपमा हजुरहरूसँग जोडिन आएको छु । यदि मेरो मूल्यांकन गरेर पार्टीले कुनै जिम्मेवारी दिने हो भने म पछि हट्दिनँ है,उहाँले भन्नुभयो ।नयाँ मान्छे नजोडिकन पार्टी अगाडि नबढ्ने पनि उहाँले भन्नुभयो ।