जनता टाइम्स

९ चैत्र २०७८, बुधबार ०८:५६

नयाँदिल्लीमा बम हमला गर्ने धम्की


एजेन्सी– आतंकवादी संगठन तहरिक–ए–तालीवान समूहले भारतको राजधानी नयाँदिल्लीमा हमला गर्ने चेतावनी दिएको छ ।

तालीवानको दिल्ली सेलले इमलेमार्फत आतंकवादी बम हमला गर्ने धम्की दिएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्ली प्रहरीले सुरक्षा सतर्कता अलर्ट जारी गरेको छ । दिल्ली प्रहरीको विशेष दस्ताले मंगलबार राति विभिन्न शहरमा सर्च अपरेशन चलाएको छ ।

प्रहरीले सुरक्षा खतरा रहेका सम्भावित क्षेत्रलाई नियन्त्रण र निगरानीमा राखेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । इमाले पठाउने व्यक्तिको खोजीसमेत तीव्र पारिएको बताइएको छ ।