काठमाडौं, ९ चैत । नेकपा एमालेको आजको बैठक सकिएको छ । काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बसेको बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन पेस भएको छ । आज प्रस्तुत भएका प्रतिवेदनमाथि अब भोली छलफल हुने भएको छ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीकाप्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । ‘भोलिको बैठकमा सो राजनीतिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले आवश्यकता महसुस विषयहरुमा लिखित सुझाव र राय प्रस्तुत गर्नुहुन्छ । त्यसमा लामो छलफल गर्दैनौं। बाँकी ९ वटा अजेन्डामा भोलि छलफल गर्दै निष्कर्षमा पुग्छौं,’ प्रचार विभाग प्रमुखले भन्नुभयो ।

















प्रतिक्रिया दिनुहोस्