जनता टाइम्स

११ चैत्र २०७८, शुक्रबार ०९:१८

नेविसंघका अध्यक्ष शेर्पाले आज पदभार सम्हाल्दै


काठमाडौं, ११ चैत । नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले आज पदभार सम्हाल्ने हुनुभएको छ । दिउँसो ११ बजे पूर्वअध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसले बुधबार शेर्पालाई नेविसंघको अध्यक्ष नियुक्त गरेको थियो ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वअध्यक्ष ढुंगानाले अनामनगरस्थित संघको कार्यालयमा पद हस्तान्तरण गर्ने शेर्पाले जानकारी दिनुभयो । अध्यक्ष शेर्पालाई स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको ३ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ ।