जनता टाइम्स

१२ चैत्र २०७८, शनिबार ०६:५९

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ आज हाइकिङ् जाँदै


काठमाडौं, चैत्र १२ । तीन दिने भ्रमणका लागि नेपाल आउनुभएका चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी आज हाइकिङ जाँदै हुनुहुन्छ । वाङ शनिबार बिहान हाइकिङ जाँदै हुनुहुन्छ । शनिबार बिहान विदेश मन्त्री वाङ यी हाइकिङका लागि शिवपुरी जाने कार्य तालिका रहेको छ । यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि पुग्नुभएको थियो ।

शिवपुरीको हाइकिङबाट फर्किएपछि वाङ राजनीतिक भेटघाटमा गर्नुहुने छ । वाङले परराष्ट्र मन्त्री नारायण खड्कासँग दुई पक्षीय वार्ता गर्नुहुने छ भने शनिबार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि उहाँ चीन फर्किने कार्यक्रम रहेको छ।

यी ले काठमाडौंबाटै पोखरा क्षेत्रीय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम पनि राखिएको सुरक्षा स्रोतले बतायो। शुक्रबार साँझ नेपाल अवतरण भएसँगै उनी बत्तिसपुतलीस्थित होटल द्वारिका जानुभएको थियो ।