जनता टाइम्स

१४ चैत्र २०७८, सोमबार १६:२०

कर्णालीमा माओवादी छाडने लहर : एमाले प्रवेश गर्दै पूर्वमुख्यमन्त्री महेन्द्र शाहीका प्रमुख स्वकीय


कालिकोट, चैत १४ । नेकपा माओवादी केन्द्रका नेता एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने हुनुभएको छ ।

माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एव कर्णाली विकास आयोगका सदस्य समेत रहनु भएका आचार्य केही दिनपछि नै एमाले प्रवेश गर्न लाग्नुभएको हो ।

आचार्य यही चैत १७ गते कालिकोटमा आयोजना कार्यक्रममा एमाले प्रवेश गर्ने टुंगो भएको एमाले कालिकोट इञ्चार्ज नगिन्द्र शाही नेश्नलले जानकारी दिनुभयो । सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहभागिता रहने छ ।