जनता टाइम्स

१७ चैत्र २०७८, बिहीबार ०८:५५

ताप्लेजुङमा माओवादी र नेकपा एसमा पहिरो : वडाध्यक्ष र सचिवालय सदस्यसहितका चर्चित नेताहरु एमाले प्रवेश


ताप्लेजुङ, चैत १७ । ताप्लेजुङमा माओवादीबाट निर्वाचित वडा अध्यक्षसहित कांग्रेस र समाजवादीका ५३ नेता एमालेमा प्रवेश गरेका छन ।
जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष सन्तोष आङ्वुहाङ र नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य सुर्य आङ्वुहाङ आफ्नो टीमसहित एमाले प्रवेश गर्नुभएको हो ।

बुधबार आयोजित कार्यक्रममा उहाँहरु एमालेमा प्रवेश गर्नुभएको हो । सो अवसरमा अनेरास्ववियु समाजवादी विद्यार्थी संगठन जिल्ला कमिटी सचिव तुलसी भट्टराई सहित ५३ जना नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ ।