जनता टाइम्स

१८ चैत्र २०७८, शुक्रबार १३:०१

विद्युत् सर्ट हुँदा पसलमा आगलागी, एक करोडको क्षति


सिरहा, १८ चैत । सिरहाको धनगढीमाई नगरपालिका–१० धनगढीबजारमा रहेको तीनवटा पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । बिहीबार राति स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागी हुँदा करिब एक करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो ।

आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोलाभन्दा बढि सुनसमेत आगोमा परेको जनाएको छ ।

विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगो लागलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभास बुढाथोकीले जानकारी दिनुभयो । आगो स्थानीय, प्रहरी र गोलबजार, लहान र मिर्चैया नगरपालिकाबाट आएको दमकलले नियन्त्रण लिएको जनाएको छ ।