जनता टाइम्स

१९ चैत्र २०७८, शनिबार ०९:२२

पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली खोटाङ जाँदै


काठमाडौं, चैत्र १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै हुनुहुन्छ । बिहान साढे १० बजे जाँदै हुनुहुन्छ ।

पार्टीले आयोजना गर्ने कार्यक्रममा उहँले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।

उहाँ शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेर काठमाडौ आउनुभएको थियो ।