पर्सा, चैत २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्सा आउदै हुनुहुन्छ ।
पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज बिहान ११ बजे पर्सा आउने कार्यक्रम रहेको नेकपा एमाले केन्द्रीय प्रचार बिभागका सदस्य एवं बीरगञ्ज महानगरपालिका कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले चुनावी अभियान तीब्र पार्न जिल्लाका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुहुने कार्यक्रम छ । निर्वाचनमा गठबन्धनबिना एक्लै पाँच दलीय गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्ने र पहिलो पार्टी हुने उदघोष अध्यक्ष ओलीले गरिसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्