जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार ११:५१

माधवलाई ठुलो झड्का : आफ्नै निर्वाचन क्षेत्रबाट वडाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश



काठमाडौं, चैत्र २२ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रबाट वडाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार बिहान एक कार्यक्रमबीच काठमाडौंस्थित कागेश्वरी मनहरा नगरपालिका– ७ का वडाध्यक्ष जीवन थापासहित ५० भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै नेकपा एसका काठमाडौं जिल्ला कमिटी सदस्य एवम् कागेश्वरी मनहरा– ९ का वडा सदस्य डोलनाथ पोखरेल पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमाले केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र मणिराम फुयाँलले पार्टीमा स्वागत गर्नुभएको थियो ।