जनता टाइम्स

२४ चैत्र २०७८, बिहीबार ०७:५२

दैलेख एमालेले टुंग्यायो ३५ वडा अध्यक्षका उम्मेदवार



दैलेख, चैत्र २४ । । नेकपा एमाले दैलेखले जिल्लाका ११ स्थानीय तहमका ९० वडामध्ये ३५ वटामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

एमाले दैलेखका अनुसार नौमुले गाउँपालिकाका आठ वडामा वडाअध्यक्षका उम्मेदवार चयन भइ चुनावी अभियानमा लागिसकेका छन् ।यस्तै, नारायण नगरपालिकाका ११ वडाका केही वडा, गुराँस गाउँपालिकाका करिब सबै वडा, डुंगेश्वर गाउँपालिकाका केही वडा, दुल्लुका आधाभन्दा बढी वडा, आठबीसका तीन वडा, महावु गाउँपालिकाका सबै वडामा अध्यक्षका उम्मेदवार टुंगो लागेको एमाले दैलेखले जनाएको छ ।

‘हामीले ३५ वडामा अध्यक्षसहित पाँचै जना उम्मेदवारको टुंगो लगाइसकेका छौं । अन्य वडामा सर्वसम्मत छनोटको आन्तरिक प्रयास तीव्र छ । अबको एक सातामा पूर्ण विवरण आउँछ’, एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले भन्नुभयो, ‘पालिकाको हकमा भने हामीले सिफारिस गर्ने भएका कारण अहिले टुंगिएको छैन ।’