जनता टाइम्स

२५ चैत्र २०७८, शुक्रबार १९:४६

एनसीसी बैंक र दराजबीच सम्झौता, यस्तो छ ग्राहकलाई नयाँ बर्षमा अफर


काठमाडौं, चैत २५ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंक र दराज अनलाइन सपिङबीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

सहमतिअनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्ने छन । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायवमहा–प्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गर्नु भयो ।

बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँवर्षको उपलक्ष्यमा हुन लागेको नववर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिनदेखि सिमित समयको लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु १,५०० सम्मको छुट प्राप्तगर्न सक्ने संझौतामा उल्लेख छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ ।

ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन बैंकले अनुरोध गरेको छ । यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदानगर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आमनागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।