जनता टाइम्स

२८ चैत्र २०७८, सोमबार १८:१८

उदयपुरमा दयनीय बन्दै माओवादीको अवस्था, चर्चित नेता नै एमालेतिर


उदयपुर, चैत २८ । माओवादी केन्द्र उदयपुरको जिल्ला कमिटी सदस्य तीर्थ तामाङ पार्टी परीत्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । स्थानीय चुनावको मुखमा उदयपुरमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्म कार्यकर्ता तथा नेता एमालेमा प्रवेश गरेका छन् ।

रौतामाई गाउँपालिका वडा–६ निवासी नेकपा माओवादी केन्द्रमा लामो समय विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएका तामाङ आज एमालेमा प्रवेश गर्नुभएको हो । तामाङले जनताको प्यारो पार्टी नेकपा एमाले मात्रै भएको कारण माओवादी त्यागेर एमाले रोजेको बताउनु भयो ।

एमालेमा प्रवेशसँगै उहाँलाई जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेसहितका नेताहरुले टिका लगाई स्वागत गर्नुभएको छ । माओवादीका प्रभावशाली नेता तामाङको एमाले प्रवेशसँगै रौतामाई पालिकामा एमाले निकै बलियो बनेको छ भने माओवादीको अवस्था अत्यन्तै दयनीय बनेको छ ।