काठमाडौं, ३० चैत । सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसी नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।
सोमबार महानिरीक्षक शैलेन्द्र खनाल ४ वर्षे पदावधि पूरा गरेर संगठनबाट बिदा भएपछि वरीयतामा अगाडि रहनुभएको केसी महानिरीक्षक हुनुभएको हो । केसीकै ब्याचका रामशरण पौडेल पनि आइजीपीका प्रतिस्पर्धी हुनुहुन्थ्यो । केसी उमेर हदका कारण वैशाख १९ गते अवकाशमा जाँदै हुनुहुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्