काठमाडौं, बैशाख ४ । एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ । महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।
सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा महासचिव बेदुराम भुसाल र विजय पौडेल सहभागी हुनुभएको थियो । बैठकमा नेताहरुले पोखरा महानगरको नेतृत्व पाउनुपर्ने दाबी गरे । इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको उपमेयरको उम्मेदवारहरु आफूहरुलाई चाहिने बटमलाइन पनि एकीकृत समाजवादीले सुनाएको छ ।
बैठकमा संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वभाविक दाबी गर्न नहुने र पार्टीको समर्थनको ठूलो पङ्ति हुन्छ भन्ने बिर्सन नहुने बताउनु भएको छ । पौडेलले यस्तो दावीअनुसार सहमति संभव नभएको बटमलाइनसमेत सुनाउनु भएको छ । तर एकीकृत समाजवादीका नेताहरुले वृहत शान्ति सम्झौतापछि शान्ति प्रक्रियामा आएको माओवादीलाई संसदमा ८२ सिट दिएको स्मरण गर्दै आफूहरुको विद्रोहलाई बुझ्न आग्रह गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्