जनता टाइम्स

१२ बैशाख २०७९, सोमबार १७:२९

बिष्णु पौडेलको नेतृत्वमा बुटवलमा एमालेबाट बाबुराम र साबित्राले गरे प्रमुख–उपप्रमुखमा उम्मेदवारी दर्ता



बुटवल, बैशाख १२ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका तर्फबाट बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
बुटवलस्थित निर्वाचन अधिकृतको कार्यालयमा जुलुसहित पुग्नु भएका भट्टराईले उम्मेदवारी दर्ता गरेका हुन्। उपप्रमुखमा सावित्रा अर्यालको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ता गर्न एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो । बुटवली उपाध्यक्ष पौडेलको गृहनगर हो ।