जनता टाइम्स

१६ बैशाख २०७९, शुक्रबार १२:०९

नेपालगञ्जमा उपमहानगरका तीनजना उम्मेदवारको मनोनयन रद्द


बाँके, बैशाख १६ । नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवारी दिएका तीनजनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्जमा तीन जनाकोउम्मेदवारी रद्ध भएको हो ।

उहाँका अनुसार उपमहानगरको वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका वडा नं ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं‍ ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो । पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो । उहाँ मनोनयन हुनुअघि मात्रै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नुभएको थियो । ।

एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालो सूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत चौलागाईले जानकारी दिनुभयो ।

यसैगरी उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।