काठमाडौं, बैशाख १७ । नेकपा एमालेले यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा देशभर २० लाख स्वयंसेवक परिचालन गर्ने भएको छ ।
एमालेका जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता आज बसेको बैठकले चुनावमा २० लाख स्वयंसेवक परिचालनको निर्णय गरेको हो ।
स्वयंसेवक परिचालनमा युवा संघ, अनेरास्ववियु, जिफन्ट, खेलकुद महासंघ, भूपू सैनिक संघ र युथफोर्सका नेता कार्यकर्ता खटिनेछन् । एमालेले ‘वान बुथ हन्ड्रेड यूथ’को परिकल्पना अनुसार २० लाख स्वयंसेवक दस्ता खडा गर्ने निर्णय भएको हो । चुनावमा संभावित धाँधलीलाई मध्यनजर राखी एमालेले स्वयंसेवक परिचालनलाई बिशेष प्राथमकितामा राखेको हो ।













प्रतिक्रिया दिनुहोस्