जनता टाइम्स

१८ बैशाख २०७९, आईतवार १४:२५

वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै


काठमाडौं, १८ बैशाख । गठबन्धन सरकारले एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेसंगै प्रहरीमा विवाद सुरु भएको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछी सिनियर प्रहरी अधिकारीहरु अदालत जाने भएका छन् ।

आजको बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेसँगै अघिल्लो वरीयताका दुई एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत जाने तयारीका साथ परामर्शमा जुटेको बताइएको छ । सिनियर एआईजीहरू अदालत खुल्नेबित्तिकै सरकारको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न माग गर्दै अदालत जान लागेको एक एआईजीले बताउनुभयो ।

सिंह गत महिना मात्र एआईजीमा बढुवा हुनुभएको थियो । २०७७ मंसिरमा एआईजी हुुनुभएको विश्वराज पोखरेल र २०७८ असारमा एआईजी हुनुभएको सहकुल थापालाई जिल्याउँदै सरकारले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।