जनता टाइम्स

१९ बैशाख २०७९, सोमबार ०८:२८

भक्तपुरमा एमालेको घरदैलो : घरघरमा भव्य स्वागत, विजयको आर्शिवाद


रमेश गिरी, भक्तपुर । सूर्यविनायक नगरपालिका क्षेत्रमा एमालेको घरदैलो अभियानको आज दोश्रो दिन सूर्यविनायक नगरपालिका वडा नं. ४ मा सम्पन्न भएको छ । नेकपा एमालेको प्रभावशाली युवा नेता पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा वाग्मती प्रदेश सांसद शशीजंग थापासहितको अग्रतामा भएको घरदैलो कार्यक्रममा घरघरबाट एमालेलाई स्वागत गरेका छन् ।

सूर्यविनायक नगरपालिकामा शनिवार एमाले अध्यक्ष केपी शर्मा ओली निवास क्षेत्र बालकोटबाट शुरु गरिएको घरदैलो अभियान आइतबार दधिकोटको गाम्चाबाट सुरु भएको थियो । पाँच वर्ष सूर्यविनायक नगरपालिकाको नेतृत्व गरेर विकासको लहर ल्याउन सफल एमाले र नगर प्रमुख वासुदेव थापाको नेतृत्वलाई नै फेरी नगरपालिका हाक्न ल्याउनु पर्छ भन्दै घरघरबाट स्थानीयवासीले विजयको शुभकामना दिएका थिए ।

सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार बासुदेव थापा, उपप्रमुख पदका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार भोला राउत, वडा सदस्य पदका उम्मेदवार राजु लुवञ्जर श्रेष्ठ, विदुर खड्का, तारा सापकोटा, पम्फा परियार सहितको टोलीमा सयौ एमाले नेता ताथा कार्यकर्ता अभियानमा सहभागि हुदै सूर्यमा मतदान गर्न मतदातालाई आव्हान गर्नु भएको थियो ।

र्याली सहितको अभियानलाई सफल बनाउदै उत्साह थप्न टोल टोलबाट मतदाता सहभागि भएका थिए भने अबिर, फूल माला र दहिको सगुनले स्वागत गरेका थिए । घरदैलो अभियानका क्रममा स्थानीयवासी जेष्ठ नागरिकले भोट सूर्य चिन्हमा नै दिने बताउदै बुढेसकालको साहारा वा सारथी बनेको एमाले लाई जिाउने बताएका थिए ।

एमालेको नेतृत्व आएपछि फेरिएको भक्तपुरको मुहार, चम्किएको सूर्यविनायकको मुहार र यहाँको विकास र समृद्धि यात्रालाई पुरा गर्ने शक्ति एमाले मात्रै भएको भन्दै ठाउँ ठाउँमा मतदाताले ३० गतेको निर्वाचनमा पनि एमालेको विकल्प अरु कुनै पार्टी नभएको बताउदै शुभकामना दिएका थिए ।

सूर्यविनायकमा विकासको लहर आएको, युवादेखि महिलासम्म, बुद्धिजिबीदेखि जेष्ठ नागरिकसम्मको भावना बुझ्ने पार्टी एमाले मात्रै भएको भन्दै स्थानीय युवा, बुद्धिजीवि, महिलाहरुले ‘आयो आयो एमाले आयो, सूर्यविनायकमा विकासको लहर ल्यायो’ भन्दै स्वागत गरेका थिए ।

सूर्यविनायक नगर क्षेत्रमा एमालेले गरेको बिकासदेखेर पनि अरु उम्मेदवारलाई रोज्नै नसकिने भन्दै मदाताले सूर्यविनायकको मुहार फेर्ने एमालेले मात्रै अब बिकासको बाँकी काम पुरा गर्न सक्ने बताएका थिए । समृद्ध नगरपालिका, बिकाससिल नगरपालिका बनाउने सक्ने पार्टी एमाले मात्रै हो भन्दै मतदाताले ३० गतेको पर्खाइमा रहेको बताएका थिए ।

घरदैलो अभियानमा ‘नेकपा एमाले जिन्दावाद, भोट के मा ? सूर्यमा, आयो आयो, सूर्य आयो, सूर्यविनायकका जनता के भन्छन्, एमलोलाई ले भन्छन्, नेकपा एमाले हाइ हाई, अरु दल वाई वाई’लगायतका नाराहरु लगाएका थिए ।