पोखरा, बैशाख १९ । नेकपा एकीकृत समाजवादी स्याङजाका सचिव एमाले प्रवेश गर्नुभएको छ । उपसचिव टिकाराम नेपालीलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले प्रवेश गराउनु भएको हो ।
नेपालीसँगै अनेरास्ववियूका केन्द्रिय उपमहासचिव मेघनाथ चापागाईं, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराल लगायत एमाले प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्दै उहाँहरुले माधव नेपालको भ्रममा परेर यसअघि आफूले बाटो बिराएकोले सही घरमा फर्किएको बताउनु भयो ।
यसरी प्रवेश गर्नेहरुमा नेकपा एसका स्याङ्जा जिल्ला कमिटी सदस्यहरु मिलन सुबेदी र दिपक नेपाली, एस निकट युबा संघका केन्द्रीय सदस्य बरुण चौधरी, युबा संघ नेपाल चापाकोट नगर कमिटी अध्यक्ष कमल परियार , सचिब बुद्धिमान श्रेष्ठ, युबा संघ चापाकोट वडा न ९ का अध्यक्ष संगम कुमाल नेपाली कांग्रेस स्याङ्जाका क्रियाशील सदस्य दीपक नेपालि लगायत हुनुहुन्छ ।
आधिखोला पोखरा सम्पर्क मंचद्वारा पोखरामा आयोजित स्वागत कार्यक्रममा उप महासचिब गुरुङले प्रतिक्रीयाबादीहरुको भ्रमको पर्दा बिस्तारै च्यादिदै गएको भन्दै निष्ठाबान कार्यकर्ताहरु देशैभरी एमालेमा फर्किने क्रम जारि भएको बताउनुभयो । एमालेको नीति र बिचारमा कुनै खोट नभएको कुरा आम कार्यकर्ताहरुको घर फिर्ती हुने क्रमले पुष्टी हुदै गएको पनि उहाँले बताउनु भयो ।
माधब नेपालले नेतृत्व गरेको पार्टीको कुनै बिचार नभएको र बिचारबिहीन पार्टी क्रमश दक्षिणपन्थी भासमा भासिदै गएको गुरुङले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्