जनता टाइम्स

२१ बैशाख २०७९, बुधबार ११:२९

एआईजी विश्वराज पोखरेलको रिटको पेसी माथेमाको इजलासमा


काठमाडौं, २१ वैशाख । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । रिटको पेसी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ ।

पोखरेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र आईजीपी धिरजप्रताप सिंहलाई विपक्षी बनाउँदै रिट दायर गर्नुभएको हो । रिटमा उहाँले ज्येष्ठ भएको र बढुवाका सम्पूर्ण आधारमा सर्वाधिक अंक प्राप्त गरेको जिकिर गर्दै वरिष्ठताका आधारमा बढुवा गरेर तत्काल आईजीपी नियुक्त गर्न माग गर्नुभएको छ ।

सिंहलाई बढुवा गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र प्रहरी महानिरीक्षक पदमा रहेर काम गर्न नदिन पनि पोखरेलको माग छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई बढुवा गरेर आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार नै उहाँले दज्र्यानी चिह्न पाउनुभएको छ ।