जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार २२:४९

वैशाख ३० गतेपछि मुलुकको नेतृत्व एमालेले लिन्छ – नेता नेम्वाङ


काठमाडौं, बैशाख २३ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले एमाले मजबुत बन्दै बताउनुभएको छ । सिरिजंगा ३ आम्बेगुदिनमा आयोजित सभालाई शुक्रबार सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरुले गठबन्धन बनाएको तर निर्वाचनपछि आफैं शिथिल हुने बताउनुभयो ।

उहाँले जतिसुकै गठबन्धन भए पनि एमालेलाई रोक्न सक्ने अवस्था नभएको र वैशाख ३० गतेपछि मुलुकको नेतृत्व एमालेले लिनेमा ढुक्क रहन कार्यकर्तालाई आश्वस्त पार्नुभयो ।

राष्ट्रियताको भावना र कार्यशैलीले जनताको मन जितेको बताउँदै उहाँले यही ओजका कारण स्थानीय तह निर्वाचन नतिजामा एमाले अब्बल देखिने दावी गर्नुभयो । उहाँले एमालेलाई धुलो चटाउँछौं भन्नेहरु बैशाखी समाएकोमा आश्चर्य लागेको बताउनुभयो ।