जनता टाइम्स

२५ बैशाख २०७९, आईतवार १८:१२

कर्मचारी तथा सुरक्षा निकायलाई ओलीको आग्रह – निर्वाचनलाई निष्पक्ष मात्र बनाइदिनुहोस्


चितवन, २५ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचन निष्पक्ष बनाउनतिर लाग्न आग्रह गर्नुभएको छ । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचारीहरूलाई यस्तो आग्रह गर्नुभएको हो ।

‘सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, निर्वाचन आयोगका कर्मचारीहरू तपाईंहरूले एमालेलाई जिताउन सहयोग गर्नुपर्दैन । तपाईंहरूले निर्वाचन निष्पक्ष मात्र गराईदिनुहोस् । गठबन्धन त्यसै जान्छ,’ ओलीले भन्नुभयो ।

निर्वाचनपछि गठबन्धनको पत्तासाफ हुने भन्दै आउने सरकार नेकपा एमालेको हुने बताउनुभयो । भरतपुर महानगरको मेयरका उम्मेदवार विजय सुवेदी हट लाइन नेता भएको बताउनुभयो । भोट हालेर उम्मेद्वारलाई जिताए विकास गर्ने जिम्मा आफ्नो भएको उहाँको भनाइ छ ।