काठमाडौं, २७ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताउनुभएको हो ।
‘स्थानीय तह निर्वाचनले सरकार बनाउँदैन, प्रदेश सरकार बनाउँदैन,’ उहाँले भन्नुभयो, ‘तर, देशको आगामी दिशा तय भने गर्छ ।’ एमालेको जित सुनिश्चित भइसकेको दाबी गर्नुभएको ओलीले निर्वाचनको तयारी सकिएको र अब नतिजाको पर्खाइमा रहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्