जनता टाइम्स

२९ बैशाख २०७९, बिहीबार ११:३४

धादिङमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, घाइते ३ जनालाई काठमाडौं ल्याइयो


धादिङ, २९ बैशाख । धादिङमा सत्तारुढ गठबन्धन माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । नीलकण्ठ नगरपालिका–६ भोर्लेमा झडप हुँदा २० जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयो ।गएराति मौन अवधिमा भोट माग्न हिँडेको निहुँमा दुई समूहबीच झडप भएको थियो । घाइते हुनेमा अधिकांश नेपाली काँग्रेसका कार्यकर्ता छन् ।